२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा आईतबार २१ जनामा कोरोना पुष्टि ४५ जना निको

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८

(ABC-Sanchar)
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ९५ जनामा गरिएको पिसिआर परिक्षण गर्दा ११ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका १० जना, तुलसीपुरका ६, लमहीका २ जना, राप्ती, बबई र शान्तिनगरका एक÷एक जना रहेका छन् । त्यस्तै वितेको २४ घण्टामा ४५ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका २६ जना, तुलसीपुर र लमहीका ५÷५ जना, शान्तिनगरका २ जना, बंगलाचुली र गढवाका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थप भएका २१ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ५१ जना पुगेको छ । ति मध्य एक सय ३२ जना घरमा, अक्सिजन सहितको उपचारमा ५ जना र आईसियूमा १४ जना रहेको केन्द्रले जनाएको छ ।
बैशाख यता दाङमा ८ हजार ८ सय ४ जनामा कोरोना देखिएको छ भने ८ हजार ४ सय ४३ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]