२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कर्णाली नदीले तटबन्ध भत्काएपछि गाउँमा पस्ने खतरा स्थानीय चिन्तित

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८


(सर्मिला बोगटी)
धनगढी । लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढेको छ। टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाउँ पस्ने खतरा बढेको हो।

स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको रोक्कामगरले बताए।‘एक महिना अघिदेखि नै कटान गरिरहेको ठाउँमा ठूलो ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहेपनि कर्णाली नदीमा पानीको सतह बढ्दै गएको हुनाले तटबन्ध भत्किरहेको छ’ उनले भने ‘पानीको सतह बढ्दै जाँदा नदी गाउँ पस्ने खतरा बढेको छ।’
कर्णाली नदीले सो ठाउँमा कटान गरे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ को सत्ती, वडा नं. ८ को सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका गाउँमा असर पर्नेछ।
अहिलेसमेत वर्षा भइरहेका कारणले नदी गाउँ पस्ने खतरा बढेसँगै शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको रोक्कामगरले बताए। ‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई टीकापुरमा रहेका शिविरमा पठाएका छौं’ उनले भने ‘नदीको कटान नियन्त्रणका लागि हामी बोरामा बालुवा भरेर नियन्त्रणको प्रयास गरिरहेका छौं।’
टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीमा पानीको सतह बढेको र शाहीपुरमा रहेको तटबन्ध भत्किरहेको बताए। ‘कटान नियन्त्रणको प्रयास भए पनि पानीको सतह बढ्दा नदी गाउँ पस्ते खतरा बढेको छ’ नगरपालिकाका प्रवक्ता समेत रहेका ठकुल्लाले भने ‘बाढीको खतरा बढेसँगै गाउँमा सबैलाई सचेत रहन हामीले सूचना दिइरहेका छ। अन्नपूर्णपोस्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]