२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

फोटोसुट गर्न गएकी जर्मनकी मोडललाई चितुवाले आक्रमण गर्यो

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

एजेन्सी । जर्मनीमा फोटोसुट गर्न गएकी एक जर्मन मोडललाई चितुवाले आक्रमण गरेको छ। जसका कारण ती ३६ वर्षकी मोडल गम्भीर घाइते भएकी छिन्। पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा ती मोडल फोटो खिचाउन गएको बीबीसीले जनाएको छ।

फोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ। प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडलको अस्पतालमा उपचार भइरहेको छ। बुर्गेनलान्डका अधिकारीहरूका अनुसार चितुवाबाट अरू मानिस जोखिममा नरहेको तथा साक्शोनी–आन्हाल्ट राज्यको नेब्रास्थित सो पशुशालामा कसरी त्यो घटना भयो भनेर अनुसन्धान भइरहेको छ।

जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकाले घाइते महिलाको नाम जेसिका लाइडोल्फ भएको जनाएको छ। घटना हुँदा उनी त्यहाँ के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र कसले व्यवस्थापन गरेको थियो भन्ने खुलेको छैन। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]