२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालमा ४ दिनदेखि लगातार भारी बर्षा कहिले थामिन्छ ??

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । लगातार गत हप्ताको सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि त अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ। पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन्। पहाडमा पहिरो खसेको छ।

जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान गएको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ।

अब कहिलेसम्म झरी पर्छ रु समाचार एजेन्सी न्यूज कारखाना (एनके)ले यो प्रश्न मौसमविद्लाई सोधेको छ।

‘हिजोअस्तीभन्दा आज (आइतबार) झरी केही कम भएको छ। तर, मंगलबारसम्म नै पानी पर्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्,’बर्खामा झरी नियमित प्रक्रिया हो।’ न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा यसले बेसी पानी परेको उनले बताइन्।

मंगलबारसम्म झरी केही कम भए पनि फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका ७२ घन्टाको मौसम मात्र प्रक्षेपण गर्छ । तर, भारतको मौसम विज्ञान विभागको प्रक्षेपण र भूउपग्रहबाट प्राप्त तस्बिर आँकलन गर्दा मंगबारपछि फेरि मनसुन सक्रिय भएर झरी पर्न सक्ने देखिन्छ।

आइतबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ। तर, दिउँसो त्यससँगै कर्णाली र सुदूरपश्चिममा पनी पानी पर्ने आँकलन महाशाखाले गरेको छ।

‘लगातारको झरीले पहाडी भूभागमा पहिरो र तराईमा बाढीको जोखिम हुन्छ,’ उनले भनिन्, ‘खहरे खोलामा भेलबाढीको जोखिम हुने भएकाले सवैले सतर्कता अपनाउन जरुरी छ। अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गर्दछौं।’

गत बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासीको बतासा क्षेत्रमा २४ घन्टामै ४३४.२ मिलिमिटर पानी पर्‍यो, जुन अधिक भारी मात्र होइन, यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबैभन्दा बढी हो।

यो पटकको झरीमा पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कडेलका एक मिनेटमा एक मिमी वर्षा हुँदा पनि भल बग्छ । यतिधेरै वर्षाले त बाढीपहिरो निम्त्याउँछ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]