१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सशस्त्र प्रहरी बर्दियाले घाइते जंगली चित्तलको सकुशल उद्वार

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८


ABC (क्राईमबिट)
बर्दिया । मधुवन नगरपालिका–३ भगरैया स्थित सम्झना सामुदायिक वनबाट घाईते चित्तलको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत बिओपि भगरैयाको मुलगेटमा डिउटी बसेका सशस्त्र प्रहरीले घर पालुवा कुुकुरले चित्तललाई लखेटी रहेको देखे । चित्तललाई कुकुरले मार्न लागेको खबर गरे ।

चित्तललाई कुकुरले मार्ग लागेको खबर पाउन साथ बिओपि भगरैयाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मगरु चौधरीको नेतृत्वमा ५ जनाको टोली खटि जंगली चित्तलको उद्वार गरिएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

कुकुरले गम्भिर घाईते बनाएका चित्तललाई टोलीले उद्वार गरि बिओपिमा ल्याएर सामान्य उपचार पछि डिभिजन बन कार्यालय गुलरियाका बन रक्षक रफिक साईको टोलीलाई जिम्मा लगाएको उपरीक्षक रावतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!