१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अबैध काम लगाएको आरोपमा एकजना महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.०६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्ट संचालन गरी बस्ने अस्मिता राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रेष्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउने वयटरको काममा लगाई दिन्छु भनि उनले ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

२८ बर्षीया राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कास्की जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ,।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!