
(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । 
साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त गणबाट ९७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका लुम्बिनी प्रदेश डिआइजी अर्यालले जानकारी दिनुभएको छ । 