२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौंमा प्रहरीको आतंक काम देखाउन र प्रमोसनको लागि नागरिकलाई पक्राउ गर्दै मुद्दा

Logo
प्रकाशित बुधबार, भाद्र १६, २०७८

 

काठमाडौं । साउन ३० गते दिउँसोको १२ बज्नै लागेको थियो। सुन पसल व्यवसायी पवन विक काठमाडौंस्थित रत्नपार्कको बाटो हुँदै न्यूरोडमा रहेको आफ्नो पसलतिर लम्किरहेका थिए। आकाशेपुल छेउ रत्नपार्कमा उभिइरहेकी एक महिलाले आफूतिर इशारा गर्दै उनलाई बोलाइन्।

‘हजुर! भन्नू न,’ ती महिलाको छेउमा पुगेर जवाफ के फर्काउँदै थिए, महानगरीय प्रहरी वृत्त सिंहदरबारको भ्यान अगाडि आएर रोक्कियो। पवनले ठाने, ‘केही गल्ती गरेको छैन, किन डराउने?’

तर, प्रहरीले यौनकर्मीसँग डिल गरेको आरोप लगाउँदै पवन र ती महिला दुवैलाई पक्राउ गर्‍यो। मेडिकल परीक्षणका लागि वीर अस्पताल लगियो। त्यसपछि सिधैँ, सिंहदरबार वृत्तको हिरासत।

‘प्रहरीले त्यसै समातेको देख्दा म त अचम्ममा परेँ,’ ११ दिनको हिरासत बसाइपछि धरौटी तिरेर निस्किएका पवन भन्छन्, ‘मलाई त त्यही दिन छोड्छ भन्ने लागेको थियो, तर छोडेन। भोलिपल्ट बिहान छोड्नै लागेको थियो, तर डिएसपीले यसलाई मुद्दा चलाउनु भनेपछि एक्कासी अभद्र व्यवहारमा मुद्दा चलाइयो। मेरी सुत्केरी श्रीमती काखीमा नानी च्याप्दै ‘छोड्दिनुस्’ भनेर मेरो रिहाइका लागि अनुरोध गर्न प्रहरी कार्यलयसम्म आइपुगेकी थिइन्। तर, छाडेनन्, मुद्दा चलाएरै छाडे।’

भक्तपुर, सूर्यविनायक बस्ने राजकुमार श्रेष्ठ कामविशेषले भदौ ७ गते अनामनगर आएका थिए। साँझको त्यस्तै साढे ८ बजेको थियो। अनामनगरस्थित एक खाजाघरमा साथीसँग चिया पिउँदै गफ गरिरहेका थिए उनी। जिल्ला प्रशासन कार्यलयले ८ बजेपछि ‘कोरोना नियन्त्रण’का लागि भन्दै पसल, रेस्टुरेन्ट बन्द गर्न आदेश दिएको छ। त्यही कारण साहुजीले चिया पसलको सर्टर बन्द गरिसकेका थिए। तर, ढोका ढकढक्याएर बाहिरबाट डिएसपी भरत श्रेष्ठको नेतृत्वमा प्रहरीको एक हुल टोली त्यहाँ आइपुग्यो। डिएसपीले आदेश दिए, ‘साहुजी, कस्टमर सबैलाई गाडीमा हाल्, कसैलाई छाड्नुहुन्न।’

सिंहदरबार वृत्तमा कार्यरत एक प्रहरीले भने, ‘माथिबाट आज कति मान्छे उठाइस् भन्दै हरेक दिन रिपोर्टिङ खोज्छन्। हिरासत रित्तै भयो भने के हेरेर बसिराछस् भन्दै थर्काउँछन्। त्यही कारण पनि डिएसपी सा’ब आफैँ ड्युटीमा तात्नुभएको छ।’
‘मैले डिएसपीलाई धेरैपटक अनुरोध गरेँ, ‘सर चिया पिउन आएका हौँ, हामी कोरोनाप्रति सचेत छौँ, गइहाल्छौँ, एकपल्टलाई छाड्दिनुस्’ भनेँ,’ पीडित राजकुमारले भने, ‘तर, डिएसपीले एक शब्द सुनेनन्। न माइकिङ गरे। न सचेत गराए। सिधैँ हत्कडी लगाएर वीर अस्पताल पुर्‍याए, अनि हिरासतमा हाल्दिए। कहिल्यै हिरासत नबसेको मान्छेलाई प्रहरीको यस्तो व्यवहारले कस्तो मनोवैज्ञानिक असर पर्ला, तपाईं आफैँ सोच्नुस् त!’
यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, यदि तपाईं राति ८ बजेपछि कुनै काम विशेषले हिँडिरहनुभएको छ, कतै रेस्टुरेन्टमा खाजा खाइरहनुभएको छ या पानी परेर कतै ओत लागिरहनुभएको छ भने पनि सचेत रहनुपर्ने भएको छ। काठमाडौं प्रहरीले थुन्न सक्छ। कारण, यतिखेर काठमाडौंको प्रहरीले ‘स्विप अपरेसन’ या ‘कोरोना नियन्त्रण’को नाममा आफ्नो काम देखाउन र अंक बढाउनका लागि सर्वसाधारणलाई उठाउँदै मुद्दा चलाइरहेको छ।
एक प्रहरी अधिकारीका अनुसार यतिखेर काठमाडौंका प्रहरी वृत्तहरूबीच ‘कसले धेरै मान्छे उठाउने’भन्ने प्रतिस्पर्धा चलिरहेको छ। सिंहदरबार वृत्तमा कार्यरत एक प्रहरीले भने, ‘माथिबाट आज कति मान्छे उठाइस् भन्दै हरेक दिन रिपोर्टिङ खोज्छन्। हिरासत रित्तै भयो भने के हेरेर बसिराछस् भन्दै थर्काउँछन्। त्यही कारण पनि डिएसपी सा’ब आफैँ ड्युटीमा तात्नुभएको छ।’
अहिले एकै दिन एउटा वृत्तले ५० देखि १ सय जनासम्म सर्वसाधारण उठाइरहेको प्रहरी श्रोत बताउँछ। ‘तर, राति राखेर भोलिपल्ट छाडिनेको संख्या धेरै छन्, मुद्दा कमैलाई चलाइन्छ, त्यसैले डाटा माग्दा प्रहरीले ज-जसको मुद्दा चल्यो, त्यतिको डाटा मात्रै भनिरहेका छन्,’ काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृतले भने।
काठमाडौंका प्रहरी वृत्त प्रमुखहरु भने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले नै आफ्नो काम देखाउन र अंक बढाउनका लागि ‘स्विप अपरेसन’का नाममा सर्वसाधरण उठाउन दबाब आएको अनौपचारिक भेटघाटमा स्वीकार्छन्।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी दिनहुँ ७–८ देखि १०–१२ जना मान्छे उठाइरहे पनि कसैलाई दुर्व्यवहार नगरेको बताउँछन्। ‘हामी सुरुमा सम्झाउँछौँ, सम्झाउँदा लागेन भने मात्रै थुन्ने हो,’ उनले भने। तर, अनामनगरका व्यवसायी तथा सर्वसाधरण भने डिएसपी श्रेष्ठले माइकिङ पनि नगरिकन, चेतावनी पनि नदिइकन सिधैँ लगेर थुन्ने गरेको आरोप लगाइरहेका छन्।
काठमाडौंका प्रहरी वृत्त प्रमुखहरु भने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले नै आफ्नो काम देखाउन र अंक बढाउनका लागि ‘स्विप अपरेसन’का नाममा सर्वसाधरण उठाउन दबाब आएको अनौपचारिक भेटघाटमा स्वीकार्छन्। ठमेल आसपास त राति ८ बजेपछि प्रहरीले बाटोमा हिँडेको देख्यो भने पनि पक्रने आदेश रहेको सोह्रखुट्टे वृत्तमा कार्यरत एक सिपाहीले सुनाए। ‘हामीलाई निर्दोष छन्, हिरासतमा हाल्न हुन्न भन्ने लाग्दालाग्दै पनि हाकिमको दबाबमा पक्रनु परेको छ,’ ती सिपाहीले विवशता सुनाए।
तर, वृत्त प्रमुख डिएसपी दुर्गाप्रसाद दाहाल आफूले इमर्जेन्सीमा हिँडेका सर्वसाधारणलाई नथुनेको, उल्टै सहयोग गरेको दाबी गर्छन्। ‘इमर्जेन्सीमा हिँडेकालाई त हामी सहयोग गर्छौँ, त्यसरी दुःख दिएका छैनौँ। ‘जेन्युन’ समस्यामा हामीले कसैलाई समातेका छैनौं। कोभिडका बेला मापसे गर्ने, होहल्ला गर्नेलाई मात्रै समातिरहेका हौँ,’ उनले भने।
यस विषयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालसँग सम्पर्क गर्दा उनले प्रहरीको माथिल्लो नीति सर्वसाधारणलाई दुर्व्यवहार गर्ने र जथाभावी पक्राउ गर्ने नरहेको बताउँछन्। ‘लोकल लेभल’मा कँहीकतै सर्वसाधारणलाई अनावश्यक पक्राउ गर्ने र दुःख दिने काम भएको छ भने म तत्काल काठमाडौंको एसएसपी अशोक सिंहलाई सच्याउन निर्देशन ।
स्रोत नेपाल समयबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]