ABC (क्राईमबिट)
सर्लाही । लालबन्दी नगरपालिका-५ स्थित हरिवन तथा लालबन्दीको भित्री सडकखण्डबाट शुक्रबार सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ ।
प्रदेश २-०२-००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त पेस्तोल तथा मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । बरामद पेस्तोल, गोली र मोटरसाइकल नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।