
ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले यौनजन्य गतिविधिविरुद्ध कडाईका साथ पेश भएको छ।
बाँके प्रहरीले हवल्दारपुरमा रहेको एक होटेलबाट यौनजन्य गतिविधिमा संलग्न रहेको भन्दै १० जनालाई पक्राउ गरेको छ। यौनजन्य गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले त्यहाँबाट ६ जना युवक र ४ जना युवतीलाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।
त्यहाँ गएका युवा युवतीहरुलाई पक्राउ गरेपनी होटेल सन्चालक भने फरार भएको प्रहरीले जानकारी दिएको छ। अहिलेको समयमा नेपालगन्ज, कोहलपुर, राँझा, चप्परगौरी, गाभर होमस्टेलगायत क्षेत्रमा यौनजन्य गतिविधि बढेको भन्ने गुनासो आएएपछि बाँके प्रहरीले निगरानी बढाएको छ । शुक्रवार राती पक्राउ परेकाहरुसंग अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ।