१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

प्यूठानमा जन्मदिन मनाउने क्रममा केक खाँदा १३ जना बिरामी

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

(ABC-Sanchar)
दाङ । प्यूठानको सरुमारानी गाउँपालिका २ दर्भानमा १३ जना बिरामी परेका छन् ।
स्थानीयवासी ६९ वर्षीय एक बहादुर गुरुङ्को जन्मदिनमा मंगलबार राति केक खाएका १३ जना बिरामी भएका हुन् ।

जन्मदिन मनाउन आएका गुरुङका आफन्ती र उनको परिवार बिरामी परेको स्थानिय राजकुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार बिरामी पर्नेमा एक बहादुर गुरुङ उनकी श्रीमती कुमारी गुरूङ, छोरा गमान सिंह गुरूङ सहित बिष्णु गुरूङ, राजकुमार बिष्ट, शर्मिला गुरूङ, ठग बहादुर गुरूङ, बिजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेका छन।

केक खाएको भोलिपल्ट झाडापखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई स्थानीय मेडिकलमा भर्ना गरिएको थियो। बिरामी परेका मध्ये १२ जनालाई अस्पतालले चार दिनपछी डिस्चार्ज गरेको गुरुङले बताए ।

कुमारी गुरूङको भने बुटवल स्थित तिलोत्तमा अस्पतालमा उपचार भइरहेको छ । गुरुङका अनुसार यो घटना भदौ १५ गतेको हो। केक खाएका सबैलाई खाद्य विषाक्त भएको अस्पतालले जनाएको छ ।

केक बिक्रि गर्ने ब्यापारीलाई कानुनी कारवाहीका लागि प्रहरीमा उजुरी गर्ने तयारी गुरुङ परिवारले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!