१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मोरङमा भरुवा बन्दुक बनाउने कारखाना भेटियो बनाएर बेच्ने एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

ABC (क्राईमबिट)
मोरङ । भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ का ५२ वर्षीय आशबहादुर लिम्बु छन्। उनलाई आइतबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। उनका अनुसार लिम्बुले आफ्नो घरमा भरुवा बन्दुक बनाउने ‘कारखाना’ नै सञ्चालन गरेका थिए।

लिम्बुलाई उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पासो भएको बन्दुक १ थान, बारुद १ किलो, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थानसहित पक्राउ गरिएको जिसीले बताए।

यसैगरी, फलामको काँजो ३ थान लगायत बन्दुक बनाउन प्रयोग हुने औजार पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ।

बेलबारी तथा आसपास क्षेत्रमा वनजंगल छ। लिम्बुले सिकार गर्नेहरूलाई बन्दुक बेचबिखन गर्ने गरेको अनुमान प्रहरीको छ। सेतोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!