१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८


(ABC-Sanchar)
काठमाडौं । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो ।

कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ, भएको ठाउँमा खोल्ने कुरा हुँदैन । नगर शिक्षा समितिले यसबारे आवश्यक निर्णय गर्न सक्छ ।’
यो पनि
महामारीमा विद्यालय कसरी खोल्ने ? यस्तो छ सीसीएमसीको निर्देशन
​प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमाडौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् ।

केहीअघि सीसीएमसीबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको थियो ।
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण यस शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्षरुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा अब भौतिक रुपमै विद्यालय खोल्ने बाटो खुला गरिएको हो । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!