१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नागरिकको शान्ति सुरक्षानै प्रहरीको रक्षा हो: प्रहरी निरीक्षक:सापकोटा

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

(सागर थापा)
दाङ । वडा प्रहरी कार्यालय घोराहीमा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले नागरिकहरुको शान्ति सुरक्षानै प्रहरीको रक्षा गर्ने हो
। घोराही क्षेत्रलाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने बताउनु भएको छ । एबिसी संचार संगको कुराकानीमा प्रहरी निरीक्षक सापकोटाले अपराध गरेर अदालतबाट सजाय तोकेका फरार अपराधिको खोजतलास र पक्राउ गर्न तत्काल अगाडि बढ्ने बताउनु भएको छ । वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक सापकोटाले समाजमा हुने गुण्डागर्दी नियन्त्रण, जुवातास , लागूऔषध, आर्थीक ठगि तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै पनि कसर बाँकि नराख्ने बताए । सापकोटाले मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने वडा प्रहरी निरीक्षक सापकोटाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!