२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

४ किलो चरेस बोकेर कतार जान लागेका दुई जना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

(ABC-Sanchar)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थलको प्रस्थान कक्षबाट ४ किलो ३५ ग्राम अवैध लागूऔषध ‘चरेस’ सहित दुई जनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–३ घर भएका ३६ वर्षीय श्याम प्रसाद रोका र वीर बहादुर रोका मगर (३५ वर्ष) छन् । सोमबार बिहान उनीहरु कतार एअरको उडानमार्फत दोहा जान लागेका थिए ।

विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको सुटकेसभित्र चरेश फेला परेको थियो । लागूऔषध ‘चरेस’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर उनीहरुमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । कतारमा सो चरेस पठाउने मुख्य आरोपी फरार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]