१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम खाने धेरै सरकारले कर बढायो

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८


(ABC-Sanchar)
काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ । सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो ।

शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती र गुट्खामा कर बढाएको जानकारी दिएका छन् ।

प्रतिस्थापन आर्थिक विधेयकमा बिँडी प्रति खिल्ली २५ पैसा रहेकोमा अहिले ५ पैसा बढाएर ३० पैसा जोखम कर निर्धारण गरिएको छ। त्यस्तै सिगार प्रति खिल्ली ५० पैसाको ठाउँमा ६० पैसा पुर्‍याइएको छ । यसैगरी, तयारी खाने सुर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रहेकामा ६० रुपैयाँ पुर्‍याइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!