(महेन्द्र सिंह)
बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरमा अन्दाजी ५० बर्षीय एक भारतीय नागरिकलाई भदौ २७ गते बेलुका पाटे बाघले राजमार्ग क्षेत्रबाट झम्टिएर ज्यान लिएपछि त्यो बाघ नियन्त्रणको प्रयास जारी छ ।
निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार शाहले बुधबार बिहान क्यामेरामा बाघ कैद भएपछि सोही ठाउँमा लगेर बेलुका राँगो राखेपनि रातभर बाघ उक्त राँगो खान नआएको जानकारी दिए ।
मान्छे खाने बाघ नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राबिधिक टोली अस्थायी पोष्ट खडा गरि मंगलबारदेखि जंगलमै बस्दै आएको छ । निकुञ्जले दूईवटा घर पालुवा हात्ती गाघरमा ल्याएर उनैको सहयोगमा बाघको निगरानी गर्दै आएको छ ।