१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँकेको भेरी अस्पतालको सटर मध्य रातमा डोजर लगाएर भत्काइयो ?

Logo
प्रकाशित शनिबार, आश्विन ०२, २०७८

(ABC-Sanchar)
बाँके । भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा शुक्रबार मध्य रातमा डोजर लगाएर भत्काइएको छ ।
अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो । सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए । विशिष्टकृत अस्पताल भएपछि अस्पताल क्षेत्रमा पसलहरु राख्न पाइदैन् । अस्पतालका ३४ वटा सटरमा मेडिकल स्टोर, ल्याव, होटल, किराना पसल र नास्ता पसल सञ्चालन गरिएका थिए । अस्पताल विकास समितिका अर्का सदस्य धनराम ओलीका अनुसार स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेको थियो । त्यत्ति बेलादेखि नै अस्पतालले सटर खाली गराउन सकेको थिएन । ‘व्यवसायीहरुसँग सहमति गर्दै सटर खाली गराउने र भत्काउने विषयमा सहमति भएको हो’, सदस्य ओलीले प्रष्ट पारे, ‘व्यवसायीलाई दुई महिनाको भाडा मिनाहा गरिएको छ । भाडाको बक्यौता तिर्नका लागि पनि समयसीमा तोकिएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!