१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सुनको मुन्द्रा लोभमा हजुर आमाको हत्या गर्ने पापी नाति पक्राउ पछी सार्वजनिक

Logo
प्रकाशित शनिबार, आश्विन ०२, २०७८

ABC (क्राईमबिट)
बझाङ । हजुरआमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।

हजुर आमाको हत्या गरेको आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका ५ का २३ बर्षिया सुवास जप्रेललाई प्रहरीले सार्वजनिक गरेको हो।

सुवास जप्रेलले भदौ २७ गते विहान ८/९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षिया आफ्नै हजुरआमा रिखी देवी जप्रेलको हत्या गरेका थिए।

एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो।सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिए।

उनले भने, ‘सुनको लोभले हजुर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ।घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरी बेलुकी ६/७ बजेको समयमा घटना स्थलमा पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघि पट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भै रहेको समेत डिएसपी खड्काले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!