१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

प्रेसमाथि अकुंश लगाउने कानुन स्वीकार्य हुन्न: महासंघ केन्द्रिय अध्यक्ष बिपुल पाेखरेल

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाइ अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने बताएका छन ।

संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाए ।

नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका शुरू भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेले प्रेसमैत्रि कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराए।

लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेस विरोधि छ,त्यसलाई फिर्ता गर्न माग गरेका छौुं अध्यक्ष पोखरेलले भने,सरकारले नसच्याए महासंघले स्विकार गर्दैन ।ु

उनले लुम्बिनी सहित केही प्रदेशले बनाएका मिडिया सम्बद्व कानुन प्रेसविरोधि भएकाले त्यसका विरूद्व पत्रकारहरू बोल्नुपर्ने बताए । अध्यक्ष पोखरेलले पत्रकारिता प्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नु पर्ने बताए ।

पत्रकारिता तालिममले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयमर पार्ने विश्वास समेत व्यक्त गरे ।

पत्रकारहरूले जस्तो पनि समाचार लेख्छन भन्ने छाप परेको भन्दै जनताले विश्वास गर्नेगरी समचार लेख्न सके पत्रकारको स्तर कायम हुने बताए । पत्रकारले समाजको अपेक्षा बुझेर जिम्मेवारी निर्वाहा गर्नु पर्ने भन्दै पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रसस्त अवसर रहेको बताए । उनले पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्दि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको बताए ।

तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मान सिंह बिश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोख्रेल, सचिव विनोद परियारले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरे ।

तालिम विहान र दिउसो गरि २ समूहमा सञ्चालन गरिएको छ । तालिमको महासंघका निर्वतमान अध्यक्ष गोविन्द आचार्यले सहजिकरण गरेका गर्नेछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!