
(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली गरेर ल्याउदै गरेको ठुलो परिमाणमा अवैध सामाग्री पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याउदै गरिएको २ लाख ८६ हजार ७५० रुपैयाँ बराबरका अवैध सामाग्री पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।
प्रहरीद्वारा पक्राउ गरिएका अवैध सामाग्रीहरुमा लत्ताकपडा, चिनी, हार्डवेयरका सामाग्री लगायतका विभिन्न सामाग्री रहेका छन्। 
सोमबार बरामद गरिएका सबै सामाग्रीलाई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके एसपी अधिकारीले जानकारी दिनुभएको छ ।