१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

भोलेन्टियर समुह वीरगंजद्वारा सामाजिक सेवा दिवसमा अभियन्ताहरूलाई सम्मान

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

(ABC-Sanchar)
पर्सा । सामाजिक सेवा दिवसको अवसरमा सामाजिक अभियन्ताहरुलाइ सम्मान गरि शुभकामना आदानप्रदान गरि दिवस मनाइएको छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा समाजसेवामा खट्टिने अभियन्ताहरूलाई सम्मान पत्र प्रदान गरिको हो ।

भोलेन्टियर समुह वीरगंजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान बिशिस्ट अतिथी नेपाल उधोग बाणिज्य संघ प्रदेस २, शेयर बजार समिती सभापति नवनित अग्रवाल , अतिथी श्याम बन्जारा, प्रकाश थारु, डा.सरोज रोशन दास रहनुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले आफ्ना निजी काम बाहेक पनी निस्वार्थ अरुको भलो हुने काम गर्ने सबै सामाजिक अभियन्ता हुन र जो कोहि पनी अभियन्ता बन्न सक्नेमा जोड दिनुभयो । आफ्ना व्यक्तिगत स्वार्थ त्यागी आफु गर्ने जुनसुकै पेशा बाट्ट पनी समय निकाली अरुको मुहारमा खुसी ल्याउन्न गरिएको सानो प्रयास पनी समाज सेवा हो ।

संस्थाका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा सानोपाईला बचत तथा ऋण सहकारी संस्थाकि तस्बिरन खातुन , सोनार युवा अभियानका राजकुमार सर्राफ, ओबिसि का अखिलेश साह, आयुष गुप्ता, रोहित वर्णवाल, नुतुन सरावगी, प्रकाश खेतान, संचारकर्मी अनिल तिवारी, आशुं सर्राफ, संतोष रंजितरार, अजित भुजेल, लगायतको सहभागीता रहेको र कार्यक्रम संचालन संस्थाका महासचिव श्याम सर्राफले गर्नु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।