२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डीआईजी रञ्जीतकारको नाममा ६ लाख पैसा उठाउने महिला पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

ABC (क्राईमबिट)
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रञ्जीतकारको नाम जोडेर पैसा उठाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै डिआईजीको नाममा पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई पक्राउ गरिएको हो ।

विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका उदेशकुमार पाण्डेसँग स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै दाहालले डिआइजी रन्जितकारको नाममा मोलमोलाइ गरेकी थिइन्।दाहाललाई रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई सर्लाही प्रहरीको सहयोगमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि सुशीलाले रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै पैसामा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।यद्यपी डिआइजी रन्जितकारले ती महिला आफूले नचिनेको प्रतिक्रिया दिएका छन् ।

पीडित शिक्षक उदेश पाण्डेले भने डिआइजीको नाममा पैसा मागेको स्कुलका प्रिन्सिपलले पनि छुट्टै पैसा मागेकाले केही रकम बुझाइको समेत बताएका छन्। पहिले कुरा मिलेको भन्दै अलिकति बढी लाग्ने ती महिलाको भनाइ छ। ‘पुलिस स्कुलका प्रिन्सिपल, डिआइजी र अर्का एकजना बाहिरका मानिसलाई दिनुपर्ने भएकोले तपाईंले सोचेभन्दा बढी अर्थात् छ लाख रूपैयाँ दिनुपर्नेछ,’ ती महिलाले शिक्षक पाण्डेसँग भनेकी छिन्।

अडियोमा काम गराउन चाहनेले नगदै दिन खोजे पनि महिलाले वीरगन्जको आदर्शनगरस्थित कामना विकास बैंकमा रकम जम्मा गर्न भनेकी छिन्। पाण्डेले प्रिन्सिपल भट्टराईको नाममा पनि पैसा पठाएको भौचरसमेत सार्वजनिक भएको छ। प्रिन्सिपलले एक लाख छुट्टै मागेको र त्यसका लागि बैनास्वरूप २१ हजार दिएको शिक्षक पाण्डेले बताएका छन्।
सुल्भ खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]