२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कपिलवस्तु एसपी दान कार्कीको एक्सन ८ ट्रक अवैध केराउ पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८


ABC (क्राईमबिट)
कपिलवस्तु । कृष्णनगर भन्सार कर्मचारीको मिलिमतोमा केराउ तस्करी हुँदै आएको तथ्य खुलेको छ ।मुख्य व्यापारिक कृष्णनगर हुदै भारत जाने क्रममा बुधवार राति ८ ट्रक अवैध केराउ कृष्णनगर प्रहरी र भारतीय एसएसबीले बरामद गरेको छ।

बुधवार राति ९।३० बजे बिशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बिपिओ कृष्णनगरको संयुक्त टोलीले ६ ट्रक केराउ बरामद गरेको छ भने एक ट्रक केराउ कृष्णनगर भन्सार कार्यालयले र अर्को एक ट्रक सिमा कटाई भारत पुगेपछि भारतीय एसएसबीले पक्राउ गरि कार्यवाही अगाडि बढाएको छ ।

प्रहरीले कृष्णनगरका विभिन्न ठाउँमा अवैध रुपमा नेपालबाट भारततर्फ लैजाने योजना रहेको भारतीय ट्रकमा लोड हरियो केराउलाई बरामद गरेको छ । कृष्णनगर प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार बरामद गरेको हो ।
पक्राउ ६ वटै ट्रक तथा मटर राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]