२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीका १० जना डिआइजीको सरुवा को का ?

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

ABC (क्राईमबिट)
काठमाण्डु । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गरेका हुन ।

सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १ नम्बर प्रदेश, शम्भु सुवेदी ४ नम्बर प्रदेश, दुर्गा भट्टराई ७ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश,किशोर प्रधान ३ नम्बर प्रदेश र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयमा मन्दीप श्रेष्ठको सरुवा भएको छ भने डिआईजी अभिकुमार खत्रीलाई सुर्खेतमै यथावत राखिएको छ । डिआईजीहरु नारायणदत्त पौडेल मानवस्रोत र सिपी गौतम सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]