२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दियामा सर्पले टोकेर मरेर बाचेका बालकलाई अस्पतालले ४८ घण्टामा बचाउँन सफल

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

बर्दिया । बाँसगढी नगरपालिका–११ तोरैयाकी कल्पना थारुले ओछ्यानमै दुई वर्षे अरबिनसँगै करेट सर्प भेटिन । तर, सुरुमा अरविनको शरिरमा सर्पले टोकेका चिन्हो भेटाईनन् । त्यतिखेर बच्चा पनि सकुशलै नै भएको कल्पनाले सुनाईन् । समय घर्किदै गयो बच्चालाई सकस हुँदै गयो । दिउँसको तीन बजे बच्चा अर्ध चेत भयो ।

बल्ल अरविनको आमाको आँखाको ढक्कन खुल्यो । बच्चाको बायाँ हातमा सर्पले टोकेको चिन्हो देखेपछि रोईन कराईन, छटपटाईन । तर समय घर्किसकेपछि अर्ध चेत अवस्थामा बच्चालाई बर्दिया जिल्ला अस्पताल पु¥याएको कल्पनाले पिडा कहिन् । ‘अस्पताल पु¥याउँदा सास फेर्न बच्चा छाडिसकेको थियो’उनले भनिन् ‘डाक्टर भगवान सावित हुनु भयो, मेरो दुई वर्से छोराले पुर्नजन्म पायो ।’

सर्पले टोकेर मृत्युको नजिक पुगेको बालकलाई अस्पतालले ४८ घण्टा भेन्टिलेटरमा राखेर बचाउँन सफल भएको छ । बाँसगढी नगरपालिका–११ तोरैयाका दुई वर्षिय आरबिन थारुलाई सोमबार सर्पले टोकेको थियो ।

दुई दिन ईमरजेन्सीको भेन्टिलेटरमा राखेको बच्चालाई अहिले वार्डमा सारिएको छ । ‘बच्चा र आमा दुबै खुसी हुनुहुन्छ’ मेसु सुभाष पाण्डेले भने,‘बच्चा र आमाको मुखमा खुसी देख्दा अस्पताल परिवारले

गर्वको अनुभुति गरेको छ ।’

यसरी भएको थियो बच्चाको उपचार

बालकलाई बचाउँन बाल विषेशज्ञ डाक्टर विश्वनाथ कुमार शाहको नेतृत्वमा इमरजेन्सीका सम्पुर्ण स्वास्थ्यकर्मी लगायत अस्पतालको सम्पुर्ण जनशाक्ति खटिएको थियो । बालकलाई अस्पताल ल्याउँदा अवस्था नाजुक रहेको सुरुमा चिकित्सकको टोलीले निस्कर्ष निकाल्यो । बाल रोग विषेशज्ञ डाक्टर शाह स्वय उपचारमा खटिए ।

पटक पटक सर्प डसाई गम्भिर भएका विरामीको उपचार गरिसकेका डा.शाहले रिफर गर्न चाहेनन् । बच्चाको लाईभ सेभ गर्न चिकित्सकको टोलीले भने, ‘यदि हामीले अन्तै रिफर गरेको भए बच्चालाई बचाउँन गाह्रो हुन्थ्यो ।’

बालकको अवस्था नाजुक रहेकोले अस्पतालको अप्रेशन थ्रेटरमा रहेको भेन्टिलेटर ल्याई इमरजेन्सी वार्डमा उपचार सुरु भयो । इमरजेन्सी वार्डमै दुई दिनसम्म निरन्तररुपमा चिकित्सकिय सेवा दिएको ईमरजेन्सीका स्वास्थ्य सहायक रुपेन्द्र सोनकरले बताए । सर्पको विष विरुद्ध (एएसभी) २० भाइल दिएको डाक्टर शाहले बताए ।

अब्बल डाक्टरले बचाए बच्चाको ज्यान मेसु पाण्डे

अस्पताल टिमको मेहनत र प्रयासले मृत्युको नजिक पुगेको बालकलाई बचाउँन सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुभाष पाण्डेले बताए । मृत्यु नजिक पुगेका बालकको उपचारमा खटिएका अस्पतालको सम्पुर्ण टिमलाई मेसु पाण्डेले धन्यवाद दिए । आगामी दिनमा बिरामीको उपचारमा अस्पतालले भ्याए अनुसार सबै सेवा दिन तत्पर रहेको बताए ।

बिहान सर्पले टोकेको बालकलाई ३ बजे अस्पतालको इमरजेन्सी वार्डमा ल्याएको अस्पतालका मेसु पाण्डेले बताए । ढिलो गरेर बालकलाई अस्पताल ल्याउँदा बालक मृत्युको नजिक पुगेकोले तत्काल उपचार गर्न सुरु गरेको उनको भनाई छ ।

‘अब्बल डाक्टरको दक्षताले बच्चाले पुर्न जन्म पाएको हो ‘ डा.शाह लगायतले बच्चालाई पुर्नजन्म दिलाउँन गरेको अथक मेहनत र प्रयास सह्रानिय छ ।

’ अस्पताललाई प्रदेश सरकारबाट प्राप्त भेन्टिलेटरमा राखेर उपचार गर्दा बालकको मुटुको धड्कनको गति राम्रो नहुँदा तीन पटक कृत्रिम स्वासप्रस्वासको विभिन्न उपाय अपनाएर बचाउँन सफल भएको मेसु पाण्डेले बताए ।

बर्दिया जिल्लामा बन जंगल र अत्यधिक गर्मी भएकोले सर्प डसाईका केस बढी आउँने गरेको छ । सर्पले टोके गाउँघरमा फुकझारको पछि नलागी छिटो भन्दा छिटो अस्पताल पु¥याउन मेसु पाण्डेले आग्रह गरेका छन् ।
फरक समाचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]