१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँके प्रहरीले वन्युजन्तु मुद्दाका २ जना फरार प्रतिवादीहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी बाँकेले वन्युजन्तु ओसार पोसार मुद्दामा फरार रहेका दुई जना  फरार प्रतिकादीलाई पक्राउ गरेको छ।

कैद फैसलापछि फरार रहेका राप्तीसोनारी गाउँपालिका ९ का ४४ बर्षीय मनिराम थारु र सोही स्थानका ४३ बर्षीय धनिराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

जिल्ला अदालत बाँकेले वन्युजन्तु ओसार पोसार मुद्दामा उनीहरुलाई २०७३ /०३ /१२ गते ११ महिना १० दिन कैद सजाय सुनाएको थियो। त्यस पश्चात् उनिहरु फरार रहदै आएका थिए। जिल्ला प्रहरी बाँकेको टोलीले उनीहरुलाई बिहीवार बाँके बाटै पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ।

अवैध सामाग्री बरामद

त्यस्तै जिल्ला प्रहरी बाँकेले भारतबाट भन्सार छली नेपालगन्ज ल्याइएका अवैध सामाग्रीहरु बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट गएको टोलीले नेपालगन्ज १७ परसपुरबाट बिहिवार साढे १ लाख ५२ हजार ९७५ रुपैयाँ बराबरका भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका लत्ताकपडा, चिनी, पास्ता, गाडीका सामान लगायतका विभिन्न सामानहरू समाग्री बरामद गरेको हो।

बरामद गरिएका सबै अवैध सामग्रीलाई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्योपानेले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!