(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख स्वकीय सचिवमा प्यूठानका सुशील पोख्रेल नियुक्त भएका छन् । प्रदेशको सर्वोच्च संवैधानिक अंग मानिएको प्रदेस प्रमुख कार्यालयमा पोखरेल शुक्रवार नियूक्त भएका हुन् ।
पोखरेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका पूर्व अध्यक्ष हुन् । प्युठानबाट प्राकशन हुने हाम्रो एकता राष्ट्रिय साप्ताहिकको प्रधान सम्पादक समेत हुन हाल उनी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य समेत हुन् । पोखरेलले नेपाल सरकारको सह सचिव सरहको सेवा सुविधाहरु पाउने छन् ।