१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको मान्छे खाने पाटेबाघमाथि निगरानी

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८


(ABC-Sanchar)
बाँके । राष्ट्रिय निकुञ्जको राप्तीसोनारी–१ गाभर जंगलमा फेला परेका पाटेबाघ । तस्बिर सौजन्य: बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभर र सौरीबीचको जंगलमा फेला परेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले अहिले विशेष निगरानीमा राखेको छ। उक्त क्षेत्रमा केही दिनअघि चारवटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए।

गाभरमा मान्छे र पशु चौपाया मारेको बाघलाई निगरानी गर्न निकुञ्ज प्रशासनले सम्भावित ठाउँमा क्यामेरा जडान गरेको थियो। क्यामेरामा ति बाघहरु कैद भएपछि पाटेबाघको थप रहस्य बाहिर आएको थियो। अहिले ती बाघहरु गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएको छ। मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिव डेढ सय मिटर उत्तरतर्फ निकुञ्जभित्र एउटा राँगो बाँधेर राखिदिएको थियो।

राँगोलाई एक हप्तापछि बाघले मारेर खाएको निकुञ्जले जनाएको छ। आहाराका लागि राँगो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो। तर, बाघले रातको समयमा मात्र त्यहाँ आएर राँगाको आहारा खाइरहेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी गोपाल घिमिरेले राँगाको आहारा खान रातको समयमा मात्रै आउने पाटेबाघको एकीन गर्न र नियन्त्रणमा लिन समस्या भइरहेको बताए।

‘बाघले राँगोलाई मारेर खाइसकेको छ, हामीले विशेष रुपले निगरानी बढाइरहेका छौं,’ उनले भने, ‘तर सधैं रातको समयमा मात्रै आउने हुनाले बाघलाई एकीन र नियन्त्रण गर्न कठिनाई भइरहेको छ।’

बाघले गाभरमा मान्छे मारेपछि निकुञ्जले राँगो बाँधेर क्यामेरा जडान गरेको थियो। राँगाको आहारा खान आएका दुई वटा बाघ क्यामेरामा कैद भएका छन्। सहायक संरक्षण अधिकृत घिमिरेले थपे, ‘राँगोको आहारा खान दुई वटा बाघ नियमित रुपमा आइरहेका छन्, तर ती बाघ मान्छे र चौपाया मार्ने मध्येका हुन या अर्कै हुन्, यसबारे एकीन गर्न सकिएको छैन।’ गाभरमा घटना गराएको बाघलाई मात्र नियन्त्रणमा लिने निकुञ्ज प्रशासनको योजना रहेको तर, बाघ त्यहाँ रातको समयमा मात्र आउने गरेकाले एकीन गर्न समस्या भएको र नियन्त्रण गर्न पनि नसकिएको उनले प्रष्ट्याए।

बाघ गाउँमा आएर थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई वटा घरपालुवा हात्ती गाभरमै राखिएको छ। यस्तै नेपाली सेना, निकुञ्जका कर्मचारी दैनिक रुपमा खटिरहेका छन्। ठाउँ ठाउँमा क्यामेरा जडान गरेर हात्तीसहित सेना र कर्मचारीले बाघको विशेष निगरानी बढाइरहेका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यसक्षेत्रमा रहेकाले पूर्वपश्चिम राजमार्गमा रातको समयमा साना सवारी साधनलाई आवत–जावत गर्न पूर्ण रुपमा रोक लगाइएको बताएका छन्।

‘अहिले निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्ती सोनारीको गाभर र सौरीबीचको जंगल हो, चार वटा बाघ क्यामेरामा कैद भइसकेका छन्, अझै अरु बाघ पनि त्यस क्षेत्रमा हुन सक्छन्,’ उनले भने।

क्यामेरामा कैद भएका चारवटै बाघहरु वयस्क रहेको शाहले बताए। गाभरमा मान्छे मारेपछि भोलिपल्ट पनि बाघको जोडी दिउँसै घटनास्थल वरिपरी घुमिरहेको थियो।

बाघको जोडीलाई निकुञ्जका कर्मचारी, स्थानीय बासिन्दाले प्रत्यक्ष रुपमै देखेका थिए। मान्छे र पशु चौपाया मार्ने बाघको जोडी नै रहेको पुष्टी भएपछि निकुञ्जले नियन्त्रण गर्नलाई राख्ने दुई वटा खोर पनि तयारी अवस्थामा राखेको छ।
अर्जुन वलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!