१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

नाका खोलन गृहको पत्र भारतीय कार जिप लगायत गाडी नेपाल प्रवेशमा रोक

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८


(ABC-Sanchar)
पर्सा । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र औपचारिक रुपमा आज देखि खुल्ला भएतापनि भारतीय कार जिप लगायत गाडीले नेपाल प्रवेश गर्न पाएका छैनन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा नाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरेसँगै तेस्रो दिन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई औपचारिक रुपमा पत्र पठाएको छ ।

गृहले पठाएको पत्रमा भारतीय नंबरको कार जिप लगायत निजीसवारीलाई नेपाल प्रवेश गर्न दिने भन्नेबारे केही पनि उल्लेख नगरिएको कारण वीरगञ्ज रक्सौल नाका औपचारिक रुपमा खुलेपनि भारतीय निजी सवारी कार जिप नेपाल प्रवेश गर्न पाएका छैनन् ।

गृह मन्त्रालयले पठाएको पत्रमा नेपाल–भारत सीमा क्षेत्रमा कोरोनाविरुद्धका मापदण्डहरु पालना गर्दै आवागमन खुल्ला गर्ने भनेर मात्रै पत्र आएको हुनाले निजी सवारी साधनलाई प्रवेश गर्न रोक नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनले भने, ‘हामीलाई सीमा खुल्ला गर्ने भनेर मात्रै निर्देशन आएको छ । सवारी आवागमनबारे भन्सार विभागलाई पत्र पठाउने भएको हुनाले भन्सार काट्ने नकाट्नेबारे भन्सार विभागले नै निर्णय गर्नेछ ।’

यता वीरगञ्ज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट कुनै किसिमको पत्र नआएको बताए । सरकारले नेपाल–भारत सीमा खुल्ला गरेपनि भारतीय चार चक्के निजी सवारी आवागमन खुल्ला गर्ने–नगर्नेबारे कुनै किसिमको पत्र नआएको हुनाले अहिले निजी भारतिय नबरको कार जिप लगायत सवारीको भन्सार नगरिने उनले बताए । यात्रा डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!