०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

नाका खोलन गृहको पत्र भारतीय कार जिप लगायत गाडी नेपाल प्रवेशमा रोक

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८


(ABC-Sanchar)
पर्सा । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र औपचारिक रुपमा आज देखि खुल्ला भएतापनि भारतीय कार जिप लगायत गाडीले नेपाल प्रवेश गर्न पाएका छैनन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा नाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरेसँगै तेस्रो दिन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई औपचारिक रुपमा पत्र पठाएको छ ।

गृहले पठाएको पत्रमा भारतीय नंबरको कार जिप लगायत निजीसवारीलाई नेपाल प्रवेश गर्न दिने भन्नेबारे केही पनि उल्लेख नगरिएको कारण वीरगञ्ज रक्सौल नाका औपचारिक रुपमा खुलेपनि भारतीय निजी सवारी कार जिप नेपाल प्रवेश गर्न पाएका छैनन् ।

गृह मन्त्रालयले पठाएको पत्रमा नेपाल–भारत सीमा क्षेत्रमा कोरोनाविरुद्धका मापदण्डहरु पालना गर्दै आवागमन खुल्ला गर्ने भनेर मात्रै पत्र आएको हुनाले निजी सवारी साधनलाई प्रवेश गर्न रोक नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनले भने, ‘हामीलाई सीमा खुल्ला गर्ने भनेर मात्रै निर्देशन आएको छ । सवारी आवागमनबारे भन्सार विभागलाई पत्र पठाउने भएको हुनाले भन्सार काट्ने नकाट्नेबारे भन्सार विभागले नै निर्णय गर्नेछ ।’

यता वीरगञ्ज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट कुनै किसिमको पत्र नआएको बताए । सरकारले नेपाल–भारत सीमा खुल्ला गरेपनि भारतीय चार चक्के निजी सवारी आवागमन खुल्ला गर्ने–नगर्नेबारे कुनै किसिमको पत्र नआएको हुनाले अहिले निजी भारतिय नबरको कार जिप लगायत सवारीको भन्सार नगरिने उनले बताए । यात्रा डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]