ABC (क्राईमबिट)
रोल्पा । रोल्पामा भएको आगलागीबाट करीब ८० रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका-१ धारापानीस्थित श्रीकृष्ण प्रावि धारापानीको भवनमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा भवन, विभिन्न फर्निचर, पुस्तकहरू लगायतका सामग्री समेत जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।