१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट इन्स्पेक्टर दिवाकर रिजाल प्रहरी घोषित

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८


ABC (क्राईमबिट)
वुटवल । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर रिजाल भदौ महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर रिजालसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले आज नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठ र प्रहरी चौकी पिप्रहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र रावल रहेका छन् ।

इन्स्पेक्टर रिजालसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]