२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पोखरामा धर्म परिवर्तन गरेको आरोपमा ४ जना कोरियन नागरिकहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८

(ABC-Sanchar)
पोखरा । जिल्ला अदालत कास्कीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ परेका चार कोरियालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आर्थिक अवस्था कमजोर भएका पोखरेलीलाई प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट गत भदौ २९ मा पक्राउ परेका चार जना कोरियाली नागरिकलाई अदालत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको आरोप लागेका पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले ४ जना कसूरदार होइनन् भनी भन्ने आधार नभेटिएको जनाउँदै कारागार पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि उनीहरुलाई कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।

स्थानीयवासीले कोरियाली नागरिकहरुले गेस्ट हाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजन कीर्तन गर्ने, आर्थिक सहयोग, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने र चर्चमा लगेर धर्म परिवर्तन गराउने जस्ता कार्य गरेको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका थिए ।
स्थानीयको उजुरीपछि प्रहरीले उनीहरु बसेको गेष्ट हाउसबाट येशुको प्रार्थना लेखेको चिट समेत बरामद गरेको थियो । बालबालिकालाई ट्युसन पढाउँदा पनि क्रिश्चियन धर्मसम्बन्धी काम गराउने बाइबलका श्लोक र भजन गाउन लगाउने जस्ता कार्य गरेको स्थानीयको आरोप छ ।

शनिबारको दिन बच्चाहरुलाई अनिवार्य चर्च जानुपर्ने नियम राखेर क्रिश्चियन धर्मसम्बन्धी प्रचार गर्ने गरेको स्थानीयको दाबी छ । अदालतसमक्ष कोरियन नागरिकहरुले आफूहरु धर्म परिवर्तन गराउन नआएको दाबी गरेका थिए ।
रातो पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]