१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

आकाशमा प्लेन राउण्ड लगाउन थाल्यो पछी केही यात्रीले प्लेनबाटै हामफाल्छौं भने..?

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८


(ABC-Sanchar)
काठमाडौं । कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए।

बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा किनेको थिएँ। एकदमै आरामदायी ढंगले काठमाडौं छोड्दै प्लेन विराटनगरको आकाशमा प्रवेश ग¥यो। परिचारिका (क्रु मेम्बर)ले केही क्षणमै विराटनगर एयरपोर्टमा जहाज ल्यान्ड गर्न लागेको जानकारी गराइन्। सिट बेल्ट बाँधेर विराटनगर एयरपोर्टमा ओर्लने तरखरमा सबै यात्री थियौं। त्यहीअनुसार ‘माइन्ड सेट अप’ पनि भयो। प्लेन ल्याण्ड गर्न खोज्यो, तर ल्याण्ड हुन सकेन। र, फेरि माथितिर उड्यो। आकाशमा राउण्ड लगाउन थाल्यो।

एयर ट्राफिकका कारणले हो कि ? वा अर्को कुनै प्लेन त्यहाँ उड्दै गरेकाले अवतरणमा अप्ठ्यारो परेको हो कि ? भन्ने मनमा सोचँे। तर, जतिपटक राउण्ड लगाए पनि बाहिर हेर्दा एकै ठाउँमा पुगे जस्तो मात्र देखिन्छ। करिब ७÷८ राउन्ड लगायो। त्यसपछि भने विराटनगर छोडेर अघि बढेको जानकारी क्रु मेम्बरले दिइन्। जहाजमा प्राविधिक समस्या आएकाले पुनः काठमाडौं फर्किन लागेको र उतै ल्यान्ड गर्ने जानकारी क्याप्टेनले गराए।

त्यसपछि भने मनमा चिसो पस्यो। प्राविधिक समस्या भनेको के कस्तो हो ? भन्ने अनेक कुरा मनमा खेल्न थाले। यसो बाहिर हेरेको त, कोसी नदी देखँे। जहाज नै नचलेको जस्तो भयो। अनि, सिट सँगैको साथीलाई सोधे, जहाज स्थिर भइरहेको हो र ? ती साथीले जहाज उडिरहेको छ भन्ने जवाफ दिए। मन अलि शान्त भयो। नत्र, मलाई त कोसीमै लगेर प्लेन ब्लास्ट गर्न खोजेको हो कि जस्तो लागेको थियो। क्रिउ मेम्बरलाई के भइरहेको छ भनेर सोध्थ्यौं। सामान्य टेक्निकल समस्या हो, रिस्क लिन नचाहेर काठमाडौं फर्केको भन्ने जवाफ दिने गर्थे। क्रु मेम्बर पनि एकदम नै प्रोफेसनल थिए। उनीहरूले यात्रीलाई सान्त्वना दिइरहन्थे। तर, पनि उनीहरूका आँखामा डर भने पक्कै देखिन्थ्यो। उनीहरूले सम्झाउँदै गरे पनि मनले मान्दैनथ्यो। अरू यात्रीहरूका अनुहार पनि अत्तालिएको र डराएको जस्तो देखिन्थे। अनि, मन शान्त पार्न क्रु मेम्बरलाई बारम्बार सोधिरहन्थ्यौं।

नर्मल ल्यान्ड गर्ने हो भन्ने जवाफ पाउँथ्यौँ। काठमाडौं प्रवेश गरिसकेपछि मन अलि शान्त भयो। तर, ल्यान्ड गर्न खोज्दा विराटनगरकै जस्तो भयो। एयरपोर्ट सबै खाली थियो, तर ल्यान्ड गर्न सकेन। प्लेन पटक–पटक आकाशमा घुम्न थाल्यो। अनि, सबै यात्रु आत्तियौँ। केही साथीहरू चिच्याउन र रुन थाल्नुभयो। हाम्रो जीवनको सुरक्षा आफैं गर्छौँ भन्दै झ्याल खोलिदिन आग्रह गर्न थाल्नुभयो। उहाँहरू झ्यालबाट हामफाल्छौं भन्न थाल्नुभयो। त्यो कुराले झन् डर लाग्यो। एयरपोर्टमा नेपाली सेना, सुरक्षाकर्मी, फायर फाइटर तैनाथ भएको देख्यौँ। त्यसपछि त डरले थुर्थुर नै भयौं। फोर्सल्यान्ड गर्ने तयारी रहेछ भन्ने सोच्यौं। केही पछि, प्लेन रनवेको सीधा गयो। अब भने ल्यान्ड गर्न सक्छ भन्ने भयो।

(प्रदेश १, आर्थिक मामिला मन्त्रालयका महाशाखा प्रमुख गोविन्दराज आचार्यसँग गरेको कुराकानीमा आधारित।)
अन्नपूर्ण पोस्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!