१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

नेपालगन्जको भाटभटेनीमा बिक्रि हुने बेकरी म्याद गुज्रेको कच्चा पदार्थले तयार गरेको खुलासा

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

 

बाँके । नेपालगञ्जको भाटभटेनी सुपरमार्केटबाट बेकरी खरिद गर्ने उपभोक्ताहरुका लागि दुखद खबर छ । सो सुपरमार्केटमा बिक्रिको लागि उत्पादन हुने बेकरी जति म्याद गुज्रेका कच्चा पदार्थ प्रयोग गरी तयार गरिने खुलासा भएको छ ।

उपभोक्ता हित संरक्षण समिति बाँकेको संयुक्त बजार अनुगमन टोलीले मंगलबार नेपालगञ्जको कारकादोमा अबैध रुपले सञ्चालनमा रहेको बेकरी उद्योगबाट ठूलो मात्रामा म्याद गुज्रेको कच्चा पदार्थ बरामद गरेपछि सो खुलासा भएको हो ।

जिल्ला प्रशाशन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, बाणिज्य कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मंञ्चको संयुक्त अनुगमन समितिले बजार अनुगमनका क्रममा नेपालगञ्ज–१८ सुर्खेतरोडमा ‘अपरक्राष्ट प्रा लि चुच्चेपाटी काठमाण्डौ’को नामले सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुजे्रको बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको छ ।

अनुगमन टोलीमा रहेका जिल्ला प्रशाशन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले बेकरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठमाण्डौबाट ल्याईएको र सबैको म्याद गुजे्रको अवस्थामा भेटिएको बताए । नेपालगञ्जको सुर्खेतरोडमा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अगाडिको घरमा उद्योगको कुनै पनि बोर्ड नराखी सञ्चालन गरेको अवस्थामा अनुगमनको क्रममा भेटिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसंन्धान अधिकृत बिबेक कुमार सुवेदीले बजार अनुगमनका क्रममा नेपालगञ्ज बजारका केही होटल तथा सपिङ्ग मलमा यस उद्योगको उत्पादनहरुमा उत्पादन मिति, म्याद समाप्त हुने मिति उल्लेख नभएको अवस्थामा पाईएकोले खोजि गर्दै जाँदा सुर्खेतरोडमा उद्योगको कुनै बोर्ड नराखी, खाद्य अनुज्ञापत्र समेत नलिएर सञ्चालनमा रहेको अवस्थामा गोदाम भरी प्रयोगका म्याद गुजारेका बेकरी उत्पादन गर्न आवश्यक पर्ने कच्चा भेटिएपछि नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको बताए ।

उनले भने–‘ काठमाण्डौमा दर्ता रहेको उद्योगले बाँकेमा घरेलुमा मात्र दर्ता भएको छ । खाद्य अनुज्ञापत्र पनि छैन । उद्योगबाट उत्पादन भएका सामानमा उत्पादन मिति तथा प्रयोग गर्ने मिति उल्लेख भएको छैन । हिजोदेखि खोजी गर्दा बल्ल उद्योग भेटियो उद्योगमा हेर्दा बेकरी उत्पादनमा प्रयोग हुने सबै सामाग्री म्याद नाघेका मात्र छन् ।’

 

मानव स्वास्थ्यमा नै गम्भीर असर पर्ने खालको गुणस्तर हीन सामान प्रयोग गरेर बेकरी उत्पादन गर्ने कम्पनी र विक्रि गर्ने नेपालगञ्जको भाटभटेनी सुपरमार्केट र रोयल क्याफेलाई पनि अनुसंन्धानको घेरामा ल्याउनुपर्ने उपभोक्ता हित सरक्षण मञ्चका प्रभात कुमार ठकुरी बताउछन ।

यसैबीच अपरक्रष्ट प्राली चुच्चेपाटी काठमाण्डौको नेपालगञ्ज शाखाका प्रबन्धक विपुल बमले कारखानामा सप्लायर्सले भुलबस म्याद गुजारेको कच्चा पदार्थ पठाएकोले आफुहरुले सबै सामान फिर्ता पठाउने तयरी गर्दै गर्दा संयुक्त अनुगमन समितिले भेट्टाएको दाबी गरे । उद्योगले म्याद गुजारेको कच्चा पदार्थ प्रयोग गरी बेकरी उत्पादन नगरेको बताए ।

सो बेकरी उद्योगबाट उत्पादन हुने बेकरी आईटम नेपालगञ्जको भाटभटेनी सुपर मार्केट र रोयल क्याफेमा विक्रि वितरण हुँदै आएको थियो । कारखानामा बेकरी उत्पादनको लागि प्रयोगमा आउने सामाग्रीहरु नै म्याद गुजे्रकोे बरामद भएपछि सबै उत्पादन नष्ट गर्नको लागि भाटभटेनी तथा अन्य स्थानबाट बेचबिखन रोकेर फिर्ता उठाउन निर्देशन समेत दिएको खाद्य निरिक्षक सुवेदीले जानकारी दिए ।

सो टोलीमा नेपालगञ्ज उपमहानगरका प्रविण रानालगायतको टोली रहेको थियो । सो उद्योगलाई उपभोक्ता हित विपरित सञ्चानल गरेको अभियोगमा २ लाख जरिवाना गरिएको छ । बरामद गरिएको ब्रेड, पाउरोटी, केक, डुनट र सो बनाउने म्याद गुजारिएको अवस्थाका कच्चा पदार्थ २ लाख २२ हजार ६७ रुपैया बराबरको सामाग्री मुचुल्का तयार गरी नष्ट गरिएको छ ।
सदर लाइनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!