१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पत्रकार महासंघ दाङको एक हप्ते आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघलाई अघि बढाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा मंगलवारदेखि घोराहीमा सुरु भएको एक हप्ते आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै निवर्तमान केन्द्रीय अध्यक्ष आचार्यले पुरानो नागरिक सस्थाका रुपमा रहेको महासंघको विकास अघि बढाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहने बताए ।

उनले नागरिक अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका लागि महासंघले निरन्तर रुपमा आवाज उठाउँदै आएको बताए । ‘पत्रकार महासंघ अग्रणी नागरिक सस्थाका रुपमा रहेको छ । यसको विकासका लागि सवैको साथ र सहयोग आवश्यक छ’,उनले भने,‘महासंघले निरन्तर नागरिक सस्थाका रुपमा भूमिका खेल्दै आएको छ ।’

सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले तालिमले पत्रकारहरुलाई क्षमता विकास गर्दै सञ्चार समाचार लेखनमा सहयोग पु¥याउने बताएका थिए । आधारभूत तहको पत्रकारिता तालिमले पत्रकारिता गरिरहेकाहरुलाई अघि अघि बढ्नका लागि महत्वपूर्ण सहयोग पु¥याउने भएकाले ध्यान दिएर पत्रकातिरामा लाग्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ दाङ शाखाका निर्वतमान अध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, इन्टरनेशनल अलर्टका बरिष्ठ कार्यक्रम अधिकृत बिजय क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष बसन्धरा गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आर.के.शीतलले गरेका थिए । तालिममा जिल्ला भरका ४० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिम विहान र दिउँसो गरी दुई चरणमा सञ्चालन गरिएको छ ।

युरोपीयन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा सञ्चालित सप्ताह व्यापी तालिमको प्रशिक्षकमा महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य रहेका छन । तालिम असोजको १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!