१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

शिवालिक बचत सहकारी संस्था तुल्सीपुरको १५ औ साधारण सभा सम्पन्न

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८


(रसोज तामाङ)
दाङ । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा बुधवार तुलसीपुरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा सहकारी संयोजक टोप वहादुर केसीको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देव वहादुर केसीले स्वागत गर्नु भएको थियो ।
साधारणसभामा सचिवको प्रतिवेदन तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन खुम बहादुर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा शेयर सदस्य कुशल तर्तालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अबसरमा संस्थामा उत्कृष्ट वचतकर्ता र ऋणिहरुका तर्फबाट कृष्णलाल चौधरी र सुषमा डाङ्गीलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको सहजिकरण संस्थाका सचिव तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!