२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सा प्रहरीले मोटरसाइकल कुखुराको चल्ला सहित पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

ABC (क्राईमबिट)
पर्सा । बिरगंज जगरनाथपुर २ जानकीटोलबाट प्रहरीले ५१ कार्टुन कुखुराको चल्ला बरामद गरेको छ ।

बिआर २२ एम २२५१, बिआर २२ एफ ८६९५, र एउटा नम्बर नखुलेको प्लास्टिना मोटरसाइकलमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउने क्रममा ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले कुखुरा बरामद गरेको हो ।

प्रहरीका अनुसार एक कार्टुनमा करिब ८० वटा कुखुराको चल्ला छन् । प्रहरीलाई देखेपछि मोटरसाइकल र कुखुरा छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ ।

बरामद कुखराको चल्ला ईलाका प्रहरी कार्यालय जानकीटोलामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक आमप्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]