१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागू डिएसपी : न्यौपाने

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ। दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए।

उनका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष टोली परिचालन गरिएको छ। मूलतः जिल्लाको भारतीय सीमा नाका जमुनाहादेखि कोहलपुरसम्म सुरक्षा निगरानी बढाइएको छ। यसैगरी प्रशिक्षित कुकुरसहित सादा पोशाकका झण्डै १५० प्रहरीसमेत परिचालन गरिने जनाइएको छ भने नागरिकको सुरक्षाका लागि जमुनाहा नाकादेखि कोहलपुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

त्यस्तै राजमार्ग क्षेत्रमा ‘रिफ्रेस सेन्टर’ स्थापना र ‘सरप्राइज चेकिङ’को व्यवस्था गरिएको जनाइएको छ। स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटिएको छ। अर्कोतर्प जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणका लागि एक सूचना जारी गर्दै यात्रा गर्दा वा अन्य जुनसुकै अवस्थामा अपरिचित व्यक्तिले दिएको कुनै पनि वस्तु नखान, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन आग्रह गरेको छ।

नागरिककले चाडपर्वमा अनावश्यक गरगहनाको प्रदर्शन तथा गरगहना लगाएर एक्लै हिँडडुल नगर्न, रातको समयमा सुत्नुअघि झ्याल ढोका राम्रोसँग बन्द गर्नसमेत आग्रह गरिएको प्रवक्ता डिएसपी न्यौपानेले बताए। कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्यानिटाइजर तथा मास्कको प्रयोग र सामाजिक दूरीको पालना गरी चाडपर्व मनाउनसमेत बाँके प्रहरीले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!