२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

विप्लव नेता कोइरालालाई अदालतले ५ लाख धरौटीमा छाड्यो प्रहरीले लगत्तै पक्राउ गरेयो

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

 

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका पूर्व जिल्ला इन्चार्ज अदालतबाट रिहा लगत्तै पक्राउ परेका छन्।

५ लाख रुपैयाँ धरौटी बुझाएर अदालतबाट रिहा हुनेबित्तिकै पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई प्रहरीले फेरि पक्राउ परेका हुन्। उनीमाथि अर्को मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।

२०७७ वैशाख २२ मा पक्राउ परेका कोइरालामाथि विस्फोटक पदार्थ, एनसेल टावर आक्रमणलगायतका मुद्दा थियो।

यसअघि अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कोइराला कारागारमा थिए।

धरौटी बुझाएपछि कोइरालालाई रिहा गरिएको जिल्ला अदालतका स्रेस्तेदार फणीन्द्र भट्टराईले जानकारी दिए। तर रिहा लगत्तै कोइरालालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई संखुवासभा लैजाने तयारी छ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति भएको थियो। नेता कार्यकर्ता बिना सर्त छाड्ने सरकारले जनाएको थियो। तर, सहमति भएको लामो समय हुँदा पनि सरकारले विप्लव समूहका १ सय बढी नेता कार्यकर्तालाई छाडेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]