१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

प्रहरीले अवैधरुपमा गिट्टी बालुवा तस्कर गर्ने ४ वटा टिप्पर पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

 

दाङ । तुलसीपुर निर्माण व्यवसायी अनुप पाण्डेका चार वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गिट्टीबालुवा ओसारपसार गरेको आरोपमा चार वटा टिप्परलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर १७ बाट दंगिशरणको चौखट्टामा लैजादै गरेको अवस्थामा गिट्टी बालुवा बोकेका चार वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो । टिप्परलाई बिहाबार दिउँसो बालापुुर चेक पोष्टमा जाँचका क्रममा आवश्यक कागजपत्र फेला नपारेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रदेश २०३००१ ख १८७१, प्रदेश २०३००१ ख १८८२, प्रदेश २०३००१ ख १७२५ र प्रदेश २०३००१ ख १८७६ नम्बरको टिप्परालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा ल्याएका टिप्परलाई प्रहरीले तुलसीपुर उपमहानगरपालिकालाई बुझाउने तयारी भएको छ । स्रोतका अनुसार निर्माण व्यवसायी पाण्डेले घोराही तुलसीपुर फोरलेन सडक विस्तारको नाममा ढुंगा गिट्टी बालुवा खोलाबाट उठाउने तर अन्यत्रै बिक्रि गर्ने गरेको खुलेको छ । तर अनुपले आफ्नो टिप्पर भएपनि ठेक्का अरुले नै लिएर चलाएको बयान दिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!