१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

गृह मन्त्रालयले १ दर्जन जिल्लाका सिडिओको सरुवा नामसहित

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

(ABC-Sanchar)
काठमाडौँ । गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

शुक्रवार साँझ अबेर गरी गरेको सरुवा सूची भने अझै गोप्य राखिएको छ । प्रशासन उच्च स्रोतका अनुसार कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ भने रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेल्धुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेरथुम जिल्लाको प्रजिअमा पठाएको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको अवस्थामा कर्मचारीको सरुवामा भने सरकारले अग्रगामी छलाङ नै मारेको देखिन्छ । स्थायी सरकारसमेत भनिए पनि हरेक जसो हप्ता कर्मचारीहरूको सरुवा हुने गरेको छ । अझ अचम्म त के छ भने सरुवा नियमित प्रक्रिया तथा सार्वजनिक विषय भए पनि गरिसकेको निर्णयसमेत लुकाइँदै आएको छ ।

केही दिन अघि मात्रै गृहले नै माग गरेर पठाएको सूचीअनुशारका दर्जनौँ उपसचिवहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : सरुवा हुने उपसचिवको सङ्ख्या ४४ पुग्यो [नामावलीसहित]

सम्बन्धित मन्त्रालय तथा सरोकारित निकाय भन्दा पनि सिंहदरवार बाहिरै होटेलबाट कर्मचारी सरुवाको सूची बनिरहेको भन्दै कर्मचारीतन्त्रमा व्यापक असन्तुष्टि छाई रहँदा यस्ता निर्णयहरूमा शङ्का गर्ने ठाउँ मिलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!