१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँकेको जमुनाह र भन्सारका प्रहरीहरु किन जिल्लामा तानिए

Logo
प्रकाशित आइतबार, आश्विन १७, २०७८

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) मधुसूदन न्यौपाने बाँकेको जमुनाह र भन्सारमा खटिएका प्रहरीहरुलाई केही दिन अघी एकाएक जिल्लामा तानियो । जिल्ला तानिनेमा प्रहरी जवान देखी प्रहरी नायव निरिक्षक सम्म पर्नुभएको छ । करिब २३ जना प्रहरीहरु जिल्लामा तानिएपछि बिभिन्न संचारमाध्यममा समाचारहरु प्राथमिकताका साथ आए । आखिर बाँकेको जमुनाह र भन्सारका प्रहरीहरु किन जिल्ला तानिए त ?
जिल्ला प्रहरी कार्यालय बाँके स्रोतका अनुसार केही समय अघी देखी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख र उप-प्रमुखले बाँकेकै संबेदनशिल ईलाका जमुनाह र भन्सारका प्रहरी अधिकारीहरुलाई सिमामा भारतबाट आउने नेपालीहरुको सुरक्षा र समन्वयमा ध्यान दिन निर्देशन दिनुभएको थियो ।
बाँके स्रोतका अनुसार दशैंको मुखमा दैनिकजसो १२०० देखी २ हजार सम्म नेपालीहरु जमुनाह नाका भएर नेपाल प्रबेश गरिरहेको अवस्थामा जनताले सरल, सहज र प्रभावकारी प्रहरी सेवा पाउन भन्ने जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुको सोँच थियो र सोही अनुसारको निर्देशन रहेकोमा बुधबार, असोज १३ गते प्रहरी उपरिक्षक (एसपी) श्यामकृष्ण अधिकारी र प्रहरी नायव उपरिक्षक (डिएसपी) मधुसूदन न्यौपानेले अकस्मात नाकाको अनुगमन गर्नुभएको थियो ।
अनुगमनमा त्यहाँ बिचौलिया, दलालहरुको बाक्लो उपस्थिती देखेपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख र उप-प्रमुख त्यहाँ रहेका प्रहरीहरुको कार्य प्रणालिको भूमिकामा असन्तुष्ट देखिएका थिए र सोही कारणले एकैपटक करिब २३ जना प्रहरीहरु जिल्लामा तानिएको बाँके स्रोतले बतायो ।
भन्सारमा रहेको प्रहरी युनिटबाट ईन्चार्ज जिल्ला तानिनुभएको छ भने जमुनाहबाट इन्चार्ज सहित सबै प्रहरी जिल्लामा फिर्ता भएका छन ।
यसै बिषयमा हामीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक(डिएसपी) मधुसूदन न्यौपानेसंग संक्षिप्त कुराकानी गरेका थियौँ । प्रवक्ता न्यौपानेसंग गरिएको कुराकानीको संपादित अंश

जमुनाह र भन्सारमा रहेका प्रहरी कार्यालयबाट प्रहरी प्रमुख सहितका प्रहरीहरुलाई अकस्मात जिल्ला तान्नुको कारण के होला ?

त्यहाँ प्रभावकारी काम नभएको जनगुनासो आएपछि उक्त गुनासोको सम्बोधन गर्न हामीहरुले अनुगमन गरेका थियौँ । सो अनुगमनमा कमिकमजोरिहरु देखिएपछि हामीले नयाँँ नेतृत्व सहितको प्रहरी कर्मचारीहरु खटाएका छौँ ।

कस्तो प्रभावकारीता चाहिएको हो ?

हेर्नुहोस् वर्षौँ सम्म दु:ख गरेर कमाएर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उक्त नाका भएर नेपाल प्रवेश गर्नुहुन्छ । उहाँहरु नेपाल आएको आभास हुने ठाउँँ नै जमुनाह सिमा-नाका हो ।
बाँकेका मात्र जनताहरु उक्त नाका भएर आउने होइनन, सम्पूर्ण लुम्बिनी प्रदेश, कर्णाली प्रदेश लगायतका प्रदेशहरुका बिभिन्न जिल्लाका बिकट क्षेत्रमा बसोबास गर्ने आमा-बुवा, दाजुभाइ तथा दिदी बहिनिहरु नेपालगन्ज भएर आफ्नो जिल्ला जान आउनुहुन्छ ।
अनी उहाँहरुले वर्षौँ सम्म कमाएका पसिनाको कमाइको सुरक्षा दिने जिम्मेवारी हाम्रो होइन ? उहाँहरु ठगिमा नपर्नुहोस् भनेर ठग र दलालको पहुँचबाट सकेसम्म टाढा राख्नुपर्ने कर्तव्य र जिम्मेवारी प्रहरीको होइन र ?
जनताको जिउधनको सुरक्षा, सहजता र समन्वयकारी भूमिकामा प्रहरीको प्रभावकारीता हामीले खोजेका हौँ । सोही अनुरुप काम भइरहेको छ ।

कती जना प्रहरीहरु परिवर्तन गर्नुभयो ?

हामीले आन्तरिक रुपमा अनुगमन गरेका हौँ । सिमामा लामो समय एउटै प्रहरी युनिटलाई राखिँदैन । हामीले जनगुनासो सम्बोधन गर्दै अनुगमनबाट आएको निचोड कार्यन्वयन गरेका हौँ । २३ जना प्रहरीहरुलाई जमुनाह र भन्सारबाट जिल्लामा फिर्ता ल्याएका छौँ ।
सिमानाकामा प्रहरी चुस्त-दुरुस्त र कर्तब्यनिष्ठ भएर बस्नुपर्छ । अहिले दशैँ आउन लागेकाले धेरै नेपाली दाजुभाइ यही सिमा नाका भएर घर फर्कदै हुनुहुन्छ । उहाँहरु ठगिने लुटिने घटनाहरु नहोस् भनेर हामी सजग छौँ । सोही सजगताका कारण हामीले आन्तरिक रुपमा केही प्रहरीहरुलाई हेरफेर गरेका हौँ ।
जनताले चाहेपछि ठुला-ठुला शासन व्यवस्था त ढल्छन त्यहाँका जनताले गुनासो गरेपछि प्रहरी कर्मचारीहरुलाई जिल्ला फर्काएर नयाँँ टोली खटाइएको हो । यो सामान्य तर आवश्यक परेपछि गरिएको महत्वपूर्ण निर्णय हो ।

धेरै प्रहरीहरु परिवर्तन गरेर कस्तो प्रतिफलको आशा छ ?

आशा होइन हामीले प्रभावकारीताकोलागी गरेको काम हो । छिमेकी मुलुक भारतबाट दु:ख-परिश्रम गरेर आएका नेपालीहरुले नेपाली भुमिमा टेकेपछि आशा होइन भरोसा हुनेगरी हामीले काम गर्ने हो ।
प्रहरी कर्मचारीहरुले कोरोना संक्रमितको पहिचान गर्न त्यहाँ स्थापना भएको हेल्थ डेस्कमा सहयोग गर्नुपर्‍यो, धेरै नेपालीहरुलाई त्यहाँ रहेका दलाल र बिचौलियाहरुले ठगी गरेर चर्को भाडा उठाउने, खाना-खाजाको शुल्क चाहिने भन्दा धेरै लिने जस्ता गतिबिधी बढेको जनताको गुनासो छ ।
त्यसलाई सम्बोधन गर्दै जनताको सुरक्षामा कमजोरी नहोस् भनेर हामीले निर्देशन दिएकाछौँ । त्यसै अनुसारको काम अब प्रहरीले गर्छ ।

कुनै समस्या परे जनताले तँपाइलाई संपर्क गर्न सक्छन ?

हामी प्रहरीको कर्तब्यनै जनताको सुरक्षा र सेवामा खटिने हो । कुनैपनी समस्या भए सिधै जिल्ला प्रहरी कार्यालय र मातहतका निकायमा संपर्क गर्दा हुन्छ, कुनै समस्याको सम्बोधन नभए वा गुनासो भए सिधै मलाई पनि ९८५८०२३९२२ मा संपर्क गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!