१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बिश्वभर फेसबुकमा हालसम्मकै ठूलो अवरोध ६ घन्टा पछी सुचारु

Logo
प्रकाशित मंगलबार, आश्विन १९, २०७८

(ABC-Sanchar)
बीबीसी । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ।

यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ। उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ।

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्।

बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाताका अनुसार यसको कारण अझै स्पष्ट भइसकेको छैन। विश्वव्यापी रूपमा अवरोध झेलेको ६ घण्टापछि फेसबुक र उक्त कम्पनीका अन्य सोसल मिडिया मञ्चहरू ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएका छन्।

फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले १०० प्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन्। यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो।

जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए। यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो। पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेअरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!