०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

बिश्वभर फेसबुकमा हालसम्मकै ठूलो अवरोध ६ घन्टा पछी सुचारु

Logo
प्रकाशित मंगलबार, आश्विन १९, २०७८

(ABC-Sanchar)
बीबीसी । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ।

यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ। उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ।

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्।

बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाताका अनुसार यसको कारण अझै स्पष्ट भइसकेको छैन। विश्वव्यापी रूपमा अवरोध झेलेको ६ घण्टापछि फेसबुक र उक्त कम्पनीका अन्य सोसल मिडिया मञ्चहरू ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएका छन्।

फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले १०० प्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन्। यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो।

जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए। यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो। पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेअरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ । अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले केही दिनमै बन्न लागि रहेको बालेन सरकारले आत्मनिर्भर नेपालका लागि हरेक सरकार १ उद्योग–१ उद्यम नीति र कार्यक्रम अनिवार्य ल्याउनुपर्ने बताउनुभएको छ । घोराहीमा जारी कृषि, पर्यटन महोत्सवमा आयोजित ‘स्वदेशी उत्पादनको प्रयोग–देश समृद्धिको आधार’ विषयक कार्यक्रमका प्रमुखु अतिथि समेत रहनु […]

दाङ । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग […]

error: Content is protected !!