२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले अबैध सामानसहित ४ जना भारतीयहरु पक्राऊ

Logo
प्रकाशित मंगलबार, आश्विन १९, २०७८


ABC (क्राईमबिट)
बर्दिया । राजापुर नगरपालिका
६ टपरा स्थितबाट चार जनालाई नियन्त्रणमा लिएको हो । भन्सार छली अबैध रुपमा सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । चारै जनाले ४ वटा साईकलमा अबैध रुपमा सामान ल्याईरहेका थिए । प्रहरीका अनुसार फेन्सी, कस्मेटिक, तथा भाडाकुडा सामान मुल्य रु २० हजार बराबर बरामद भएको छ ।

त्यसैगरी प्रहरीले गुलरिया नगरपालिका–१० सुईया स्थित आइटेल सादा मोबाईल २० थान मुल्य रु २० हजार बराबर मोबाईल बरामद गरेको छ । प्रहरीले जम्मा मुल्य रु ४० हजार बराबरको सामान बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । बरामद सामानसहित मानिसलाई कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]