१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँके जिल्ला एसपी अधिकारीले गरे ३ महिनाको प्रगति विवरण सार्वजनिक

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८


ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन । यो अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी दिए । यस्तै यो अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको बताए ।

यस्तै यो अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको एसपी अधिकारीले जानकारी दिए । भारतबाट भन्सार छलिका अवैध सामान बरामदबाट राजश्व असुली भएको हो ।

कार्यक्रममा सहभागी स्थानीयले प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका थिए । उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्धय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, महासंघका महासचिव चिरञ्जीवि ओलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!