१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पर्सा प्रहरीले महिलालाई भारतमा बेच्न लग्ने आलम पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८

(रवि वर्णवाल)
बिरगंज । मानव बेचबिखनकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ भने एक जना महिलालाई उद्दार समेत गरेकाे छ ।

सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १७ अलाैंबाट भारतको विहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ बर्षिय रेयान खान भन्ने मुन्ना आलमलाई पक्राउ गरेकाे हाे ।

अलौंमा साेमबार विहान खटिएको सशस्त्र प्रहरीको टोलीले आफन्त नेपाल संस्थाको समन्वयमा भारततर्फ जान लागेका १ जना महिला तथा १ जना पुरुषलाई शंका लागी नियन्त्रणमा लिएकाे थियाे ।

सशस्त्र प्रहरीले निजहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि सोधपुछ गर्दा जिल्ला नुवाकोट घर भएकी २३ वर्षीया निज महिलालाई मुन्ना आलमले फेसबुकमार्फत चिनजान गरी आफू पहिल्यै विवाहित भएको तथ्य लुकाई झुट्ठा प्रेम सम्बन्ध राखी विवाह गर्ने बहानामा नारायणगढ, चितवन बोलाएका थिए ।

उनले प्रहरीलाई झुक्याउने उद्देश्यले बुर्का लगाइदिई वीरगञ्जसम्म ल्याई ईनर्वा नाका भनी सिर्सिया नाकातर्फबाट सीमापार गराई भारत लगी बेचबिखन गर्ने उद्देश्य रहेको प्रारम्भिकरूपमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

सोही बमोजिमको पीडितबाट जाहेरी दरखास्त प्राप्त गरी ति महिलालाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न मुन्ना आलमलाई पर्सा जिल्ला अदालतबाट सोही मितिमा दिन १० दिनकाे म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!