१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बार्गेनिङको आरोपमा पक्राउ परेका ३ जना महिला धरौटीमा रिहा

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८

ABC (क्राईमबिट)
दाङ । होटलमा नास्ता खान बोलाएर एक पुरुषलाई पैसा नदिए बलात्कारको मुद्धा हाल्छौ भन्दै १८ लाख मागेको आरोपमा पक्राउ परेका ३ जना महिला धरौटीमा रिहा भएका छन् । दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले बुधवार उनीहरुलाई यस्तो आदेश दिएको हो । पिडितले दिएको उजुरीका आधारमा पक्राउ परेका घोराहीका ३२ बर्षिया सितादेवी थापालाई एक लाख ५० हजार , घोराहीकै ३५ बर्षिया खुमा वलीलाई ८० हजार र ३२ बर्षिया सुष्मा परियारलाई ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।
बार्गेनिङ गरेर एक पुरुषसंग उनीहरुले एक लाख नगद र थप १७ लाखको चेक समेत लिएको अवस्थामा प्रहरीले उनीहरुलाई गत भदौमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई असोज ३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध अपराधिक लाभ लिन नहुने कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले मुद्धा चलाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!