१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँके जिल्लाका लुम्बिनी प्रदेशको बन मन्त्रीमा सुरेन्द्र हमाल

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

(महेन्द्र सिंह )
बुटवल । लुम्बिनी प्रदेश सरकार आज विस्तार हुँदैछ । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो ।

उहाँ साउन २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आज शपथ गराउने तयारी गरिए पनि समय र मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि माओवादीले मन्त्रीको नाम टुंग्याइसकेको बताइएको छ ।

कांग्रेसमा पनि करिव करिव टुंगो लागेको नेताहरुले बताएका छन् । कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल पनि मन्त्री बन्ने लगभग पक्का छ ।

हमाललाई वन वातावरण तथा भूसंरक्षण मन्त्रीको जिम्मेवारी दिने तयारी छ । नेपालगन्ज निवासी हमाल बाँकेको प्रदेशसभा २(ख) बाट निर्वाचित हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!