१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मोतीपुर घटनामा सशस्त्र एसपी सहित ४९ सुरक्षाकर्मी घाइते

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८


ABC (क्राईमबिट)
रुपन्देही । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा ४९ सुरक्षाकर्मी घाइते भएका छन् । सशस्त्र प्रहरीका अनुसार रुपन्देहीका सशस्त्र प्रहरीप्रमुख राजेश उप्रेतीसहित १९ जना घाइते भएका छन् ।

विभिन्न अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा घाइते सुरक्षाकर्मीको उपचार भइरहेको छ । यस्तै नेपाल प्रहरीका ३० जना सामान्य घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार प्रहरी र सशस्त्र प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा र पेट्रोल बमसमेत प्रहार गरेपछि बाध्य भएर सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको थियो । झडपका क्रममा प्रदर्शनकारीले असई विमला विश्वकर्मालाई केही घण्टा नियन्त्रणमा लिएका थिए ।

यसैबीच, गृह मन्त्रालयले घटनालाई गम्भीरताका साथ लिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख तथा प्रमुख जिल्ला अधिकारी तिवारीसँग घटनाबारे थप विवरण मागेको छ । आवश्यक परे जिल्लास्थित सुरक्षा प्रमुखलाई फिर्ता बोलाएर वैकल्पिक व्यवस्था गर्ने गरी छलफल अगाडि बढाइएको गृह स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!